विकासका लागि काँग्रेसको विकल्प छैन : जितेन्द्रकुमार श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

विकासका लागि काँग्रेसको विकल्प छैन : जितेन्द्रकुमार श्रेष्ठ

काठमाडाैं । नेपाली काँग्रेस ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले आगामी निर्वाचनमा नेपाली काँग्रेसको रुख चिन्हलाई विजयी बनाउन सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूलाई एकजुट हुन आह्वान गर्नुभएको छ ।

ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टीको सिद्धान्त र विकासको एजेण्डा नै आफूहरूको मुख्य शक्ति भएको स्पष्ट पार्नुभएको हो । आफ्नो सम्बोधनका क्रममा श्रेष्ठले स्थानीय तह र केन्द्र सरकार बीचको समन्वयमा विशेष जोड दिनुभयो ।

उहाँले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसँगको निकट सहकार्यले मात्र यस क्षेत्रको विकासलाई तिब्रता दिन सकिने विश्वास व्यक्त गर्नुभयो । स्थानीय जनप्रतिनिधिहरूको सफल अनुभव र आफ्नो राजनीतिक सक्रियतालाई जोडेर ललितपुरलाई एक नमूना जिल्ला बनाउने उहाँको प्रतिवद्धता छ ।

उहाँले विकासका आयोजनाहरूलाई पूर्णता दिन ‘टिम वर्क’ को आवश्यकता रहेको औंल्याउनुभयो । पार्टीको निर्वाचन चिन्ह ‘रुख’ को दर्शनका बारेमा चर्चा गर्दै श्रेष्ठले रुख केवल एक चिन्ह मात्र नभई यो उम्मेदवारको व्यक्तित्व र पार्टीको गौरवशाली इतिहासको प्रतिक भएको बताउनु भयो । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उहाँले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टीको झण्डा र चिन्हलाई केन्द्रमा राखेर चुनावी अभियानमा होमिन निर्देशन दिनुभयो।

नयाँ पुस्तामा समेत रुख चिन्हको गहिरो छाप रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्ना नातीले समेत रुख चिन्ह सजिलै चिनेको प्रसङ्ग कोट्याउँदै काँग्रेसको विरासत नयाँ पुस्तामा हस्तान्तरण भइरहेको दाबी गर्नुभयो । उहाँले आगामी दिनमा घर–दैलो अभियानलाई थप सशक्त बनाउन र प्रत्येक मतदाताको मन जित्न कार्यकर्ताहरूलाई विशेष आग्रह गर्नुभयो

Leave a Reply