काठमाडाैं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताउनुभएको छ ।झापावासीहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सम्भवतः निर्वाचन फागुन २१ मै हुने बताउनुभयो । यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आउनुभएका अध्यक्ष ओलीले निर्वाचन फागुन २१ मै हुनसक्ने र फागुन २१ मा हुन नसके वा केही समयपछि भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै रहेको बताउनुभयो ।
देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले भएको बताउनुभयो । वैचारिक, व्यावहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसाबले एमाले नै राष्ट्रिय हितहरुको रक्षा र संवर्द्धनकाे नेतृत्व गर्ने पार्टी भएको बताउनुभयो ।
अध्यक्ष ओलीले नेकपा एमाले सरकारमा गएका बेला देशमा विकासका कामहरुले गति लिएको बताउनुभयो ।





