प्रतिनिधि सभा निर्वाचन : समानुपातिक सूची सार्वजनिक, दाबी विराेधका लागि पाँच दिनकाे समय | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

प्रतिनिधि सभा निर्वाचन : समानुपातिक सूची सार्वजनिक, दाबी विराेधका लागि पाँच दिनकाे समय

काठमाडाैं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलबाट पेश भएका समानुपातिक तर्फको नाम सार्वजनिक गरेको छ । ५७ वटा चुनाव चिह्नमा ६३ राजनीतिक दलबाट पेश भएका तीन हजार २ सय १३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ ।

बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने कुनै मतदाताले आजदेखि आउँदो १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दाबी विरोध गर्न आयोगले आग्रह गरेको छ ।

दाबी विरोधका लागि निर्देशिका बमोजिम निर्धारित ढाँचामा उजुरी गर्न सकिने पनि आयोगले जनाएको छ ।

Leave a Reply