उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष ओली झापा जाँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

उम्मेदवारी दर्ता गर्न एमाले अध्यक्ष ओली झापा जाँदै

काठमाडाैं । उम्मेद्वारी दर्ताका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापाको दमक जाँदै हुनुहुन्छ । झापाको सबै निर्वाचन क्षेत्रको तयारीबारे उहाँले जानकारी लिने कार्यक्रम रहेको छ । झापा ५ बाट उम्मेद्वारी मनोनयन गर्न उहाँ आज झापा जान लाग्नुभएको एमाले जनाएको छ ।

झापा क्षेत्र ५ बाट उम्मेद्वारी दर्ताका लागि सोमबार बिहान १०ः२५ को जहाजबाट उहाँ भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ । पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले केहीबेर क्षेत्रको पछिल्लो अवस्थाबारेमा जानकारी लिनुहुनेछ । यसैगरी क्षेत्र नं. ३ को बारेमा पनि उहाँले भद्रपुरमै जानकारी लिने कार्कीले बताउनुभयो।

क्षेत्र नं २ का बारेमा अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिने कार्यक्रम छ । क्षेत्र नं ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुङ्गामा जानकारी लिनुहुनेछ । आफ्नो निर्वाचन क्षेत्र दमक ५ का नेता कार्यकर्तासँग दमकमै भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले जेनजी आन्दोलनका बेला जलाइएको आफ्नो दमकस्थित निवासमा पनि जाने तयारी रहेको एमालेले जनाएको छ।

Leave a Reply