भिजिट भिसा प्रकरण : सहसचिव भट्टराई र अधिकृत अर्यालसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराई र अधिकृत अर्यालसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडाैं । भिजिट भिसा दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार भिजिट भिसा दुरुपयोग प्रकरणमा सहसचिव भट्टराईसहित ७ जना र दुई वटा कम्पनीलाई समेत प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले ७ चैत  २०८१ मा सहसचिव भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरण सतहमा आएको थियो । विशेष अदालका उपरजिस्ट्रार तथा प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार सहसचिव भट्टराईसँगै अधिकृत यज्ञराज अर्याल, ग्रिन लाइन होलिडेका अध्यक्ष बालकृष्ण खड्का, फेमिलि होलिडेका सञ्चालक दीपक भण्डारी, ग्रिन लाइन सञ्चालक राम खड्का, सहायक कविता पौडेल, जग्गा कारोबारी खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ ।

अभियोगपत्रअनुसार प्रतिवादीहरुले २५७ जनालाई विदेश पठाएबापत बद्नियतपूर्वक सेटिङ गरी रिसवट लिई भ्रष्टाचारजन्य कार्य गरेको अख्तियारको दाबी रहेको उहाँको भनाइ छ । भिजिट भिसा दुरुपयोगको प्रकृतिअनुसार बिगो माग दाबी गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

९ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

९ घन्टा अघि

Duel Bet: The Casino Showdown

९ घन्टा अघि