संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक : सभामुख | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक : सभामुख

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीय संसद सचिवालयमा राजनीतिक नियुक्ति गर्न नहुने तर्कमाथि खुला बहस गर्न आवश्यक रहेको बताउनुभएको छ ।

संसद बाहिरबाट संघीय संसदमा महासचिव, प्रतिनिधि सभाका सचिव र राष्ट्रिय सभाका सचिव नियुक्ति गर्ने व्यवस्थाले संसदनै नबुझ्ने भन्दै सशक्त तर्क आउने गरेकाले यसलाई खुला बहसको विषय बनाएर तत्काल निष्कर्षमा पुग्नुपर्ने सभामुख घिमिरेको जिकिर थियो ।

संसद सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसदलाई प्रभावकारी बनाउनका लागि आवश्यक सबै खालको छलफललाई खुला गरेर अघि बढ्न आवश्यक रहेको समेत बताउनुभयो । सभामुख घिमिरेले संसद सचिवालयका कर्मचारीहरुको सेवा र सुविधाको विषयमा पनि आवश्यक निर्णय लिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले अहिले पनि नेपालको संविधान कायम रहेको र यसलाई संशोधन गरेर अघि बढ्न सकिने धारणा समेत राख्नुभयो ।
सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउन कर्महरुलाई उत्प्रेरित हुने खालको व्यवस्था गरेर अघि बढ्नुपर्ने समेत बताउनुभयो ।

Leave a Reply