एनपिएल : पोखरालाई ५३ रनले हराउँदै विराटनगरको सानदार सुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

एनपिएल : पोखरालाई ५३ रनले हराउँदै विराटनगरको सानदार सुरुवात

काठमाडाैं । एनपिएलमा ऐतिहासिक दुई सय २० रनको योगफलसँगै विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा सानदार सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ ले हरायो।

जितका लागि विराटनगरले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको पोखरा निर्धारित २० ओभरमा १८ ओभर ५ बलमा सबै विकेट गुमाएर १६७ रनमा समेटिएको थियो।

पोखराका लागि कप्तान कुशल भुर्तेलले ५९ रनको अर्धसतकीय पालि खेले पनि टोलीको हार भयाे। उनले ३१ बलमा पाँच चौका र चार छक्का हाने। यस्तै आडम रोसिङ्टनले ३९, अविशेक तिवारीले ११, डान डोउटवेटले २९ रन बनाए ।

बिलङमा विराटनगरका सन्दीप लामिछाने, प्रतिश जिसी, मर्चेन्ट डे लाङ्गे, शुभम रञ्जनेले दुईदुई विकेट हात पर्नुभयो।बसिर अहमद र सूर्य तामाङले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय २० रन बनाएको थियो। यो एनपिएल कै सर्वाधिक ठुलो कीर्तिमानी योगफल हो।

विराटनगरका लागि ओपनर लोकेश बम र मार्टिन गुप्टिलले अर्धसतकीय पारी खेले। लोकेशले ४८ बलमा एक चौका र सात छक्काको सहयोगमा सर्वाधिक ७२ रन बनाए।

मार्टिन गुप्टिलले ६१ रन बनाए । गुप्टिलले ३५ बलमा तीन चौका र पाँच छक्का हाने। यस्तै शुभम् रन्जनेले ३८, बसिर अहमदले २३, नारायण जोशीले अविजित ११ र जर्ज मुन्सीले १० रन बनाए ।

बलिङमा पोखराका म्याट टेलरले दुई तथा सागर ढकाल, कुशल भुर्तेल र आकश चन्दले एक एक विकेट लिए। जितसँगै विराटनगरले दुई अङ्क बनाएको छ। पोखराले हारबाट एनपिएलको दोस्रो सिजन सुरुवात गरेको छ।

Leave a Reply