काठमाडाैं ।
नेपाली काँग्रेस नेता राधेश्याम अधिकारीले प्रत्यक्ष कार्यकारी सरकार प्रमुखले देशका सबै समस्याहरु समाधान गर्छ भन्नु मूर्खता मात्रै हुने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित मंगलवार नेपाल कानून समाजद्वारा काठमाडौंमा आयोजित प्रतिनिधि सभाको निर्वाचनः चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेका नेताहरु पार्टीको अध्यक्ष त छोड्न नसक्ने परिस्थितिबाट प्रत्यक्ष कार्यकारी प्रमुख पाए झन अवस्था के होला ? भन्दै प्रश्न गर्नुभयो ।
दलित, मधेसी, सीमान्तकृत वर्गको आवाज प्रत्यक्ष निर्वाचित कार्यकारीले सम्बोधन गर्नसक्छ ? भन्नु मूर्खता मात्रै हुने बताउनु भयो । समानुपातिक, समावेशी, संघीयताको कुरा ठट्टाको विषय नभएको बताउनु भयो । उहाँले लोकतन्त्र र गणतन्त्र सबैले चाहेको उल्लेख गर्दै विविधताले भरिपूर्ण नेपालमा सबै मिलेर बस्नुपर्ने बताउनु भयो ।




