विचार र सिद्धान्त मिल्नेसँग एकताबद्ध हुन्छाैँ : रामकुमारी झाँक्री | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

विचार र सिद्धान्त मिल्नेसँग एकताबद्ध हुन्छाैँ : रामकुमारी झाँक्री

काठमाडाैं । नेकपा (एकीकृत समाजादी) की नेता एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)मा नै एकतावद्ध हुने पक्षमा आफूहरु रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा आफ्ना समूहका नेताहरुसहित पत्रकार सम्मेलन गरी उहाँले एमालेप्रति संकेत गर्दै आफूहरु त्यसै एकतावद्ध हुने बताउनुभएको हो ।

उहाँले बोल्नु अघि नै नेता कृष्णकुमार श्रेष्ठले आफूहरु एमालेमा विना शर्त फर्कने बताउनु भएको थियो । सोही भनाइप्रति संकेत गर्दै उहाँले विचार र सिद्धान्त मिल्ने पार्टीमा आफूहरु एकतावद्ध हुने बताउनुभयो । उहाँले देशभरका एकीकृत समाजवादी पार्टीमा आवद्ध नेता, कार्यकर्ताहरुलाई पनि आफूहरु उभिएको ठाउँमा एकतावद्ध भएर उभिन आह्वान गर्नुभयो ।

नयाँ पार्टीहरुले केही पनि गर्न नसक्ने कुरा जेन–जी आन्दोलनले पनि देखाएको उल्लेख गर्दै उहाँले आफूहरु रुपान्तरित भएर अघि बढ्नुपर्ने बेला आएको बताउनुभयो ।

नेता झाँक्रीले नयाँ पार्टीहरुले मुलुकमा केही पनि गर्न नसक्ने कुरालाई सबैले आत्मासात गरेर अघि बढ्नु पर्नेमा जाेड दिनुभयाे ।

Leave a Reply