सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत् आफ्ना कुराहरु राख्न राजनीतिक दलहरुलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत् आफ्ना कुराहरु राख्न राजनीतिक दलहरुलाई आग्रह

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरुसँग सामुहिक छलफल गर्नुभएको छ । विभिन्न राजनीतिक दलहरुले सडक प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित चार वटै सुरक्षा निकायका प्रमुखसँग शनिवार बालुवाटारमा छलफल गर्नुभएको हो ।

मुलुकमा सुरक्षा अवस्थाको सुक्ष्म विश्लेषण गरी निर्वाचनको वातावरण बनाउने विषयमा छलफल केन्द्रित रहेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो । उहाँले सडक प्रदर्शनको तयारी गरिरहेका राजनीतिक दलहरुलाई सुरक्षा जोखिमलाई ध्यानमा राखेर प्रदर्शनमा नजान र संवादमार्फत आफ्ना कुराहरु राख्न पनि आग्रह गरिएको बताउनुभयो ।

सरकारले संवादमार्फत राजनीतिक दलहरुको मागको सुनुवाई गर्ने भएकाले सडक प्रर्दशन आवश्यक नभएको गृहमन्त्री अर्यालकाे भनाइ छ ।

सरकारले मुलुकका सुरक्षा अवस्थामा जोखिम निम्तिने अवस्था विद्यमान रहेको उल्लेख गर्दै सडक प्रदर्शनमा नजान सबै राजनीतिक शक्तिहरुलाई आग्रह गर्दै आएको छ । मुलुकको सुरक्षा अवस्थालाई सामान्य बनाउन आफूहरु सुरक्षा निकायसँग निरन्तर छलफलमा रहेको पनि गृहमन्त्री अर्यालले बताउनुभयो ।

Leave a Reply