'अन्तरिम सरकार जेन-जीका सपना पूरा गर्नतिर लागेन, शहीदको सपना तुहिने भयो' | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार

‘अन्तरिम सरकार जेन-जीका सपना पूरा गर्नतिर लागेन, शहीदको सपना तुहिने भयो’

काठमाडाैं । अन्तरिम सरकार जेन—जीका उद्देश्य पूरा गर्न नलागेको जेन—जी आन्दोलनका शहीद तथा घाइतेका परिवारहरुले आरोप लगाएका छन् । काठमाडौंको माईतीघर मण्डलामा दबाबमुलक कार्यक्रम आयोजना गर्दै उनीहरुले यस्तो आरोप लगाएका हुन् ।

दबाबमुलक कार्यक्रमा माईतीघर पुग्नुभएका जेन-जी आन्दोलनका शहीद योगेन्द्र गौतमका मामा कमल सुवेदीले देशभरका जेन-जीहरु एक ढिक्का भएर लाग्नुपर्छ भनेर घाइते, शहीद परिवार तथा जेन जीहरुको सामुहिक दबाब कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

शहीदहरुको उदे्देश्यअनुसार सरकार शहीदका सपना पूरा गर्न नलागेको आरोप लगाउनुभयो । अन्य छलफल चलिरहँदा शहीदको सपना तुहिने स्थितिमा पुगेको भन्दै सरकारलाई खबरदारी गर्नुभयो । सरकारको ध्यानाकर्षण शहीदहरुको सपना पूरा गर्नेतिर केन्द्रित हुन जरुरी रहेको उहाँको भनाइ छ ।

अन्तरिम सरकारले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो । दोषीमाथि, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, संविधान संशोधन हुनुपर्ने र प्रत्यक्ष कार्यकारीमा जानुपर्ने उहाँको माग छ ।

माईतीघरमा जेन—जी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको तस्बिर राखेर भाईटीकाको दिन माल्यार्पण गरेका छन् । साथै सरकारलाई जेन जी शहीदको माग पूरा गर्न दबाब दिएका छन् ।

Leave a Reply