काठमाडाैं । पछिल्लो समय विकासे मन्त्रालहरुले रुग्ण आयोजनाको ठेक्का अन्त्य गरिरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले विरोध गरेको छ ।
महासंघका अध्यक्ष रवि सिंहले ठेक्का अन्त्य गर्ने कदम सुन्नमा अत्यन्तै कर्णप्रिय भएपनि त्यसको परिणाम नहेरिएको बताउनुभएको छ । उहाँकाअनुसार ठेक्का अन्त्यपछिको परिणामलाई सरकारले समेत हेरेको छैन । रुग्ण रहेको ठेक्कालाई अन्त्य गर्दै गर्दा सरकारले रुग्ण ठेक्काको कारण पहिचान गर्नुपर्छ ।
ठेक्का अन्त्य गर्दा सरकारले कारण पहिचान गर्न जरुरी रहेको बताउनुभयो । साथै त्यसको जिम्मेवार को हो ? कम्पनी कत्तिको जिम्मेवार छ भन्नेकुराको हेक्का राख्नुपर्ने बताउनुभयो ।
सरकारले आफै आयोजनाहरुलाई रुग्ण बनाएको भन्दै सिंहले त्यस्तो कार्यगर्नेहरुलाई कारबाही गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय सरकारले योजनाहरुमा सम्झौता गर्ने तर पर्याप्त बजेट नछुट्याउँदा आयोजनाहरु प्रभावित भइरहेको सिंहको भनाइ रहेको छ ।





