कांग्रेस पदाधिकारी बैठकमा गगन थापाले राखे नियमित महाधिवेशनको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

कांग्रेस पदाधिकारी बैठकमा गगन थापाले राखे नियमित महाधिवेशनको प्रस्ताव

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नियमित महाधिवेशनको प्रस्ताव अघि सार्नुुभएको छ । ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशन प्रस्ताव अघि सार्नुुभएको हो । केही समयअघिदेखि कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएका थिए। कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। चार वर्षे कार्यकाल यही मंसिरमा सकिने भएकाले त्यसअवधिमै नियमित महाधिवेशन गर्नुपर्ने दुुई महामन्त्रीको भनाइ थियो। जारी बैठकमा असोज २६ गतेदेखि सुरू हुने केन्द्रीय समिति बैठकको कार्यसूचीबारे छलफल भइरहेको छ। आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा भने उपस्थित हुुनुुहुन्न।
अगामी केन्द्रीय समितिको बैठकमा महामन्त्रीद्वयले १५ औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्नेछन्।

 

 

Leave a Reply