काठमाडाैं । हरेक वर्षजस्तै यस वर्ष चाडपर्वमा राजधानी काठमाडाैंबाट बाहिर जानेहरूका लागि अग्रिम टिकेट बुकिङ नखुल्ने भएको छ । देशका विभिन्न क्षेत्रबाट अध्ययन र रोजगारीका लागि राजधानीमा आएका नागरिक दशैँ तिहारमा घर जानका लागि अग्रिमा टिकेट बुकिङकको पर्खाइमा हुन्छ । तर यस वर्ष नखुल्ने भनेपछि यात्रु मारमा पर्ने जस्तो परिस्थिति बनेको छ ।
तर, सरकारले जनजी आन्दोलनका कारण विश्वविद्यलायले बिदा दिँदा विद्यार्थीहरुले पहिलेनै टिकेट काटेको बताउँदै यस पटक बुकिङ नखोल्ने निर्णय गरेको हो ।
चाडपर्व लक्षित हरेक वर्ष सरकारले राजधानीबाट बाहिरि जाने यात्रुका लागि अग्रिम टिकेट बुकिङको व्यवस्था गर्दे आएको थियो । देशका विभिन्न कुनाकाप्चाबाट अध्ययन र रोजगारीका लागि भनेर आएका नागरिकहरु विशेषगरी दशैँ-तिहारका लागि जन्मथलो जाने गर्देछनू। उनीहरुको सुरक्षित यात्राका लागि सरकारले अग्रिम टिकेटको व्यवस्था गर्ने गरेको हो । तर यस वर्ष भने सरकारले अग्रिम टिकेट बुकिङ खुल्ला गरेको छैन ।
सामान्य तरिकारले टिकेट काटेर यसपटक यात्रुहरु गन्तव्यमा जानेछन् । यसरी हेर्दा यसवर्ष उपत्यका छोडर दशैँ-तिहार जस्ता चाडपर्व मनाउने जन्मथलो जानेहरु यात्रागर्दा समस्या पाउँने भएका छन् । दशैँ-तिहारका लागि लाखाैँ नागरिकले काठमाडाैं छाेडेर जाने गरेका गर्दछन् । तर सरकारले यात्रुको चाप र यात्रामा पर्ने समस्यालाई मध्यनजर गर्नुपर्ने हो यसवर्ष अन्य समस्या देखाउँदै अग्रिम बुकिङकको नखुल्ले नियर्ण गरेको छ ।
यस वर्षको दशैँ, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने गरेको सरकारको निर्णयले कसरी यात्रा गर्ने भन्ने चिन्ता यात्रुहरुमा परिसकेको छ । मंगलबार काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सम्बद्ध सबै पक्षको बैठकले यात्रुहरू जाने क्रम शुरु भइसकेकाले दशैँका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रुहरूको सहज ढंगले गन्तव्यमा पुर्याउने गरी सम्बद्ध सबै पक्षसँग छलफल गरिएको बताए । तर यस वर्ष अग्रिम टिकेट बुकिन भन्ने नखुल्ने उनको भनाइ छ । चडपर्व केन्द्रीय यातायात व्यवस्थापनका लागि यातायात व्यवसायी महासंघ, प्रहरी, सडक विभाग, यातायात मजदुर महासंघका साथीहरू सबै बसेर अब हामी कसरी सञ्चालन गर्ने, कसरी काठमाडौं उपत्यका छोडेर बाहिर जाने र बाहिरबाट काठमाडौं आउने यात्रुहरूलाई सहज रुपमा कसरी व्यवस्थापन गर्नेमा उनको जोड थियो ।
जेनजीको आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू बिदा हुने र उनीहरूको घर जाने क्रम शुरु भइसकेकाले यस वर्ष दशैँलाई लक्षित गरेर अग्रिम टिकट बुकिङको नखुल्ने बताएका छन ।घर जानेहरूले ३—४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको छ ।
साथै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले पनि दशैंमा यात्रुहरूलाई गन्तव्यमा पुर्याउनका लागि प्रहरीले आवश्यक सुरक्षाको व्यवस्था मिलाइसकेको बताएका छन् । यात्रुलाई कुनै पनि किसिमको ठगी भयो, समस्या भयो भने त्यसमा प्रहरीले आवश्यक कारबाहीगर्ने उनको भनाइ छ ।
अग्रिम बुकिङको व्यवस्था हुँदै गर्दा बिचौलीयाहरुले नाफा कमाउने उदेश्यमा बसका सबै सिट बुक भइसकेका छन् भनेर महँङ्गो मूल्यमा भाडा असुल गर्ने गरेका विगतका धेरै उदाहरण छन् । झन् यस वर्ष दशैँ तिहार जस्तो प्रमुख चाडपर्वमा यात्रामा यात्रुलाई समस्या हुने देखिएको छ । यस्तो समयमा नाफा कमाउने उद्देश्यले समयमा टिकेट काटेपनि एउटै सिटको टिकेट दुईतीन जनाले काटेका हुन्छन् । यात्रा गर्दा यात्रुहरु अलपत्र पर्ने अवस्था समेत आउँछ । अग्रिम बुकिङकको व्यवस्थामा त अनुगमन फितलो हुँदा यात्रुले समस्या भोग्ने गरेका हुन्छन् भने यस वर्ष बुकिङको व्यवस्था छैन ।





