राष्ट्रपतिको बोहराटारस्थित घरमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

राष्ट्रपतिको बोहराटारस्थित घरमा आगजनी

काठमाडौ ।
जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा पनि आगजनी गरेका छ।
प्रदर्शनकारीहरूले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन्। सरकारी कार्यालय, नेताहरूका निवास घर तथा कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ ।बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी भएको छ ।

प्रदर्शनकारीहरुले नेताका घर, सरकारी कार्यालय, प्रहरी चौकी, पार्टी कार्यालयमा निशाना बनाउँदै आएका छन् । उनीहरुले एमाले पार्टी कार्यालय, कांग्रेस पार्टी कार्यालय, कांग्रेस सभापति शेरबहादुर देउवाको निवास, सञ्चारमन्त्री पृथ्वीसुव्वा गूरुङलगायतको निवासमा आगजनी र तोडफोड भइसकेको छ ।त्यस्तै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र एमाले महासचिव शङ्कर पोखरेलको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।

 

 

Leave a Reply