वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

वीरगञ्ज नाकाबाट हुने आयात र निर्यात दुवै बढ्यो

काठमाडौँ ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वीरगञ्ज नाकाबाट ६८ अर्ब १७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन् । यो अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ८ अर्ब ११ करोड रुपैयाँले बढी रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।यस्तै चालू आर्थिक वर्षको साउनमा वीरगञ्ज नाकाबाट हुने निर्यात पनि बढेको छ ।

चालू आर्थिक वर्षको साउनमा ८ अर्ब ४५ करोड रुपैयाँको सामान विभिन्न देशमा निर्यात भएको छ । गएको वर्षको साउनमा ३ अर्ब ५ करोड रुपैयाँको मात्रै सामान निर्यात भएको थियो ।

कार्यालयका अनुसार साउनमा १८ अर्ब ४४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । गएको वर्षको साउनमा १५ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

Leave a Reply