आगामी हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

जेठ २३ २०८३, आइतबार

आगामी हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्ने तयारी

काठमाडाैं । सहरी विकास मन्त्रालयका सचिव गाेपालप्रसाद सिग्देलले आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन हुने प्रतिवद्धता जनाउनुभएको छ । सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सचिव सिग्देलले आउँदो हिउँदे अधिवेशन नयाँ संसद भवनबाट सञ्चालन गर्नका लागि आधारअनुसार म्याद थप गरिएको बताउनुभयो । उहाँले अहिले समयमै काम सक्नका लागि जनशक्ति, निर्माण सामग्रीहरुसहित कार्यतालिका बनाएर अघि बढिरहेको जिकिर गर्नुभयो ।

नयाँ संसद भवनको सम्पूर्ण काम सक्ने समय पुसको पहिलो दिन भएपनि दोस्रो सातासम्म परीक्षणहरु समेत सकिनुपर्ने जिकिर गर्नुभयो । संसदीय समितिको भवन असोजको दोस्रो हप्ता हस्तान्तरण गरिने बताउनुभयो ।

अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन पनि असोजको दोस्रो साता काम सकिने बताउनुभयो । प्रतिनिधि सभा भवन मंसिरको दोस्रो साता सकिने र राष्ट्रिय सभा भवन पनि मंसिरको दोस्रो सातामा सिभिलको काम सकिने बताउनुभयो ।

सविच सिग्देलले सवारी साधन पार्किङ पति पुसको दोस्रो साता पूरा हुने जानकारी दिनुभयो ।

Leave a Reply