काठमाडौँ ।
नेपाली बजारमा गत शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज बिहीबार १ लाख ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा स्थिर हो तर चाँदीको मूल्य भने बढेको छ ।
बिहीबार चाँदीको मूल्य भने १० रुपैयाँले बढेको हो । बुधबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




