एमालेले विधान अधिवेशनको सुझाव संकलन शुरू | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

एमालेले विधान अधिवेशनको सुझाव संकलन शुरू

काठमाडाैं । नेकपा (एमाले) ले आगामी भदौ महिनामा हुने विधान अधिवेशनका लागि सुझाव संकलन शुरु भएको जनाएको छ ।  मंगलबार राति सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णयहरू आजै तल्ला कमिटीहरूमा पठाएर सुझाव संकलन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएकाे हाे।

प्रचार विभाग प्रमुख गौतमकाअनुसार एमाले सचिवालयले केन्द्रीय कमिटी र पदाधिकारीको संख्याबारे राखेको प्रस्ताव केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ । यस्तै जिल्ला कमिटीलाई समन्वय कमिटी बनाउनुपर्ने सुझाव अस्वीकार गर्दै बैठकले जिल्ला कमिटीलाई कार्यकारी नै राख्ने निर्णय पनि गरेको छ ।

छलफलको क्रममा जम्मा २६४ जना केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्यहरूले भाग लिएका प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । सचिवालय, पोलिटब्यूरो हुँदै ५ र ६ गते केन्द्रीय कमिटीको बैठक बसेको थियो ।

बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको छ ।

Leave a Reply