सेयर बजारमा उछाल, २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

सेयर बजारमा उछाल, २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौं
मंगलबार सेयर बजार ८०.९७ अंकले बढेको छ ।सो वृद्धिपछि नेप्से परिसूचक २९७३.७० अंकमा पुगेको छ ।योसँगै नेप्से ११ महिनायताकै उच्च विन्दुमा पुगेको छ । यसअघि गएको भदौ ६ गते नेप्से २ हजार ९ सय ७४ विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर ४ दशमलव ६३, जीवन बीमा समूहको शेयर ४ दशमलव ३६ प्रतिशतले उकालो लागेको छ ।
यसदिन तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ट्रेड टावर,शिवम् सिमेन्ट र सान्भी इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर ९.९० र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्टको ९.७६ प्रतिशतले बढ्यो।७१ करोड बढीको सेयर कारोबार गरी नेपाल रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

शिवम् सिमेन्टको ६८ करोडको सेयर कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्स र बुटवल पावरले ५१र५१ करोड बढीको सेयर कारोबार गरे।कारोबारमा आएकामध्ये २३६ स्टक्सको मूल्य बढ्दा १४ वटाको घट्यो। १३ वटै समूहको उपसूचकमा हरियाली छाएको छ। लाइफ इन्स्योरेन्स,मनु एण्ड प्रो,माइक्रोफाइनान्सको उपसूचक ४ प्रतिशतले बढ्यो।

Leave a Reply