देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण : अध्यक्ष दाहाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
साेमबार नेपाल उद्योग परिसङ्घका नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भएको भेटमा उहाँले राज्यले साेच परिवर्तन गर्नुपर्ने बताउनुभएकाे हो ।
त्यस क्रममा अध्यक्ष दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले राज्यको ‘माइन्डसेट’ परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याउनुभएको दाहालको सचिवालयले जनाएको छ ।
“निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,” अध्यक्ष दाहाल भन्नुभयो, “राज्यले सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ।”

Leave a Reply