काठमाडाैं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण दुई वर्ष पहिला नै भइसकेको बताउनुभएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबीचको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले नवीकरण भइसकेकाे बताउनुभएको हो ।
एक वर्ष पहिलाको सचिवालय बैठकमा पार्टी महासचिव शंकर पोखरेलले सदस्यता नवीकरण भइसकेको बताउनुभएको उपाध्यक्ष पाण्डेकाे भनाइ छ। पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यसबारे आफूले छुट्टै भेट गरेर छलफलपछि निष्कर्ष निकाल्ने बताउनुभएको जानकारी दिनुभयो ।
उपाध्यक्ष पाण्डेले पार्टी सदस्यता नवीकरण पहिला नै भएको विषय रहेको दाबी गर्नुभयाे।





