काठमाडौं ।
अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ ।लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको ।दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन ।
असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।प्रहरीका अनुसार कार यादवले चलाइरहेका थिए । सो कारमा ओलीसहित अरु दुई जना पनि थिए ।
भारी वर्षा भइरहेका बेला सो कार सडकमा चिप्लिएर रूखमा ठोक्किएको र त्यसपछि आगो लागेको थियो । प्रहरीका अनुसार यादव र ओलीको घटनास्थलमै मृत्यु भएको थियो ।कारमा सवार अन्य दुई जना भने घाइते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनासम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।




