नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने नीति आवश्यक : स्वास्थ्यमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने नीति आवश्यक : स्वास्थ्यमन्त्री

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीतिहरु निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री पाैडेलले जनसंख्यामैत्री सरकार र राज्य निर्माण गर्न सरकारले जनताका समस्या सम्बोधन गर्ने खालका नीति जरुरी रहेको बताउनुभयो । उहाँले जनसंख्या नीति मान्छेको संख्या मात्रै नभइ रोजगारी, अवस्था, स्थितिबारे मापन गर्ने र कामको योजना बनाउने नीति पनि रहेको उल्लेख गर्नुभयो ।

मन्त्री पौडेलले नेपालको जनसांख्यिक अवस्था ऋणात्मक हुँदै गइरहेको बताउनुभयो ।

Leave a Reply