दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी : राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले दक्ष खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताउनुभएको छ । सोमबार राष्ट्रपति भवन शितलनिवासमा एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालीहरुमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरुले पाएको सफलता प्रशंसनीय र खुशी तुल्याउने खालको रहेको बताउनुभयो । उहाँले परम्परागत खेललाई परिस्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउनसके देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने खेलाडीले थप कीर्तिमान पनि राख्नसक्ने जिकिर गर्नुभयो ।

राष्ट्रपनि पाैडेलले देशभित्रै बढीभन्दा बढी पूर्वाधार प्रतियागिता र प्रशिक्षण बढाएर देश, विदेशमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

एसिसी पुरुष यु—१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट आइतबार साँझ स्वदेश फर्किएको हो । गत शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९, २०२३ मा उपाधि जितेको थियो ।

Leave a Reply