सबै जिल्लाका विपद् व्यवस्थापन सुरक्षा संयन्त्र तयारी अवस्थामा : गृहमन्त्री | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

सबै जिल्लाका विपद् व्यवस्थापन सुरक्षा संयन्त्र तयारी अवस्थामा : गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन र जोखिम न्युनिकरणका लागि सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ ।बिहीबार प्रतिनिधि सभाअन्तर्गको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

उहाँले विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभयो । उहाँले २५ वर्षको अवधिमा देशका ८६ प्रतिशत घरधुरीले कुनै न कुनै प्रकृतिको विपद्को सामना गरिसकेको उल्लेख गर्दै नेपाल भौगोलिक हिसावले जोखिमयुक्त रहेको आधारमा सरकार काम गरिरहेको बताउनुभयो ।

उहाँले विपद् व्यवस्थापनका लागि स्थानीय तहहरुलाई समेत थप सक्रिय बनाउन जरुरी रहेको बताउनुभयो । गृहमन्त्री लेखकका अनुसार यस मनसुन अवधिभर कर्णाली प्रदेशको पूर्वी भाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका धेरै क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ ।

गृहमन्त्री लेखकले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सुरक्षा समितिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी पनि दिनुभयो । विपद् न्यूनीकरणका लागि सूचना प्रणालीलाई प्रभावकारी बनाउनेतर्फ सरकार गम्भिर रुपले लागिरहेको उहाँको भनाइ । गत वर्षको असोजमा काठमाडौंमा उपत्यामा आएको बाढीको समयमा पूर्वसूचना प्रणालीले प्रभावकारी काम गर्न नसक्दा ठुलो धनजनको क्षति भएको स्वीकार्नुभयो । यसपटक विपद् जोखिम न्युनिकरणका लागि टेलिकम प्रदायकहरुसँग समन्वय भइरहेको पनि बताउनुभयो ।

काठमाडौं उपत्यकामा विपदको पूर्वतयारी तथा जोखिम कम गर्न ‘जोइन्ट कमाण्ड पोस्ट’ स्थापना गरिएको  गृहमन्त्री लेखककाे भनाइ छ ।

 

Leave a Reply