सर्वोच्चमा प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यमाथि सातवटा उजुरी | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

सर्वोच्चमा प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यमाथि सातवटा उजुरी

काठमाडाैं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रश्तावित तीन न्यायाधीश र एक जना न्याय परिषद्को सदस्यमा प्रस्तावि सदस्यहरुमाथि सातवटा उजुरी परेका छन् । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले यसबारे जानकारी गराएको हो ।

बैठकमा बोल्दै समिति सभापति ईश्वरीदेवी न्यौपानेले सर्वोच्चच अदालतको न्यायाधीश पदमा प्रश्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा र न्यायपरिषद्को सदस्य पदमा प्रश्तावित महेशकुमार नेपाल उपर सात जनाले उजुरी दिनुभएको जानकारी दिनुभयो । सातै जना उजुरीकर्ताहरुलाई १३ गतेको समितिको बैठकमा बोलाएर जानकारी लिने सभापति न्यौपानेले बताउनुभयो ।

त्यस्तै, १५ गतेको समितिको बैठकमा प्रश्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्यायोजना सुन्ने र सुनुवाई गर्ने कार्यसूची रहेको बताउनुभयो ।

न्यायपरिषद्को सदस्य पदमा प्रश्तावित महेशकुमार नेपालमाथि पाँचवटा उजुरी परेका छन् । अन्य दुुईवटा उजुरी भने प्रस्तावित न्यायाधीशउपर परेका हुन् । प्रस्तावित न्यायाधीशहरु पोखरेल, पौडेल र थापाका कार्यायोजना र न्याय परिषद् सदस्य नेपालका कार्ययोजनाको प्रतिसमिति सदस्यहरुलाई वितरण समेत गरिएको छ ।

Leave a Reply