आर्थिक वृद्धिको चुनौती सामना गर्न सक्छौँ : अर्थमन्त्री | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

आर्थिक वृद्धिको चुनौती सामना गर्न सक्छौँ : अर्थमन्त्री

काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हरित अर्थतन्त्रको प्रवद्र्धनमार्फत् नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतिहरुको सामना गर्न सक्ने बताउनुभएको छ ।

काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उच्च र दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, गुणस्तरीय मानव पुँजी विकास, हरित अर्थतन्त्रको प्रवद्र्धन, सामाजिक समावेशीकरण एवं लगानी तथा व्यापार प्रवर्द्धन माध्यमबाट नेपालले आर्थिक वृद्धिको बाटोमा रहेका चुनौतिहरुको सामना गर्नसक्ने बताउनुभयो ।

यसका लागि सरकार, निजी क्षेत्र, सहकारी, गैरसरकारी तथा सामाजिक संघ संस्था, विकास साझेदार बीचको सहयोग र सहकार्य अझ घनिष्ठ बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । विपद् तथा जलवायु परिवर्तनको असरबाट नागरिक र अर्थतन्त्रको उत्थानशिलता विकास गर्नु नेपालको लागि चुनौतिपूर्ण विषय बनेको समेत बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय व्यापारलाई दिगो बनाउन नेपालको निर्यात क्षमता वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो । यसका लागि उत्पादन तथा उत्पादकत्व वृद्धि, व्यापारको देशगत र वस्तुगत विविधिकरण, भौतिक सप्मती संरक्षण र प्रवद्र्धन, दुई पक्षीय तथा बहुपक्षीय व्यापार सम्झौता एवं प्रभावकारी कार्यान्वयनमा जोड दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले नेपालले कार्यान्वयनमा प्राथमिकता दिएको दिगो विकासको लक्ष्य हाँसिल गर्ने, हरित अर्थतन्त्र विकास गर्ने, जलवायु सम्बन्धी विश्वव्यापी कोषहरुमा पहुँच कायम गर्दै उत्थानशिलता विकास गर्नुपर्नेमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । यसका लागि आवश्यक पर्ने उच्च लागत र प्राविधिक दक्षताको लागि नेपाललाई विकास साझेदार र विश्व समुदायको सहयोग र साझेदारी पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply