२०८२,२,२२
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जारी बैठकमा संसद्को काम कारबाही तथा संक्रमणकाली न्यायसँग सम्बन्धित विषयमा कुराकानी भइरहेको सचिव गणेश साहले जानकारी दिनुुभएको छ । बैठक खासगरी बुधबार सर्वोच्च अदालतको आदेशमा केन्द्रित रहेको छ। १२ वर्ष पुरानो काभ्रेका अर्जुन लामाको हत्याबारे उपाध्यक्ष अग्नि सापकोटामाथि अनुसन्धान गर्न आदेश दिएको थियो । सापकोटाविरुद्धको अनुसन्धान अघि नबढाउने तत्कालीन बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को निर्णय खारेज भएको थियो।
माओवादी केन्द्रका नेताहरुले भने यो घटनामा छुट्टै अनुसन्धान नभई संक्रमणकालीन न्यायअन्तर्गत राखेर हल गर्नुपर्ने बताउँदै आएका छन्।




