कोरियाको रेलको टिम नेपाल आउदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

कोरियाको रेलको टिम नेपाल आउदै

२०८२,१,२

कोरीयाको लागी नेपाली राजदुत माननीय शिवमाया तुम्बाहाम्फे र कोरीयन रेलका अध्यक्ष मिस्टर हान बिच औपचारीक भेटघाट कार्यक्रम भएको छ ।उक्त बिशेष कार्यक्रम कोरिया नेपाल इन्टरनेशनल एस्चेन्जको समन्वयमा भएको हो । नेपालमा रेलको सम्भावना र लगानी बारे अध्ययनको लागि बृहत छलफल भएको एस्चेन्जकि अध्यक्ष श्रीजना नेपालीले बताउनु भएको छ

राजदुत माननीय शिवमाया तुम्बाहाम्फेले कोरिया आए देखि कुटनीतिक पहलमा तिब्र जोड दिनु भएको छ । सोमबार मात्र एक काय्रक्रममा नेपालमा कोरीयाको लगानी र पर्यटनमा बिशेस ध्यानाकर्षण गरेको हो । साथै कोरीयन रेलको तर्फवाट सउल स्टेशनमा नेपाल सम्बन्धी भिडीयो भिम प्रसारण गरिदिने प्रतिबद्ता गर्नु भएको छ ।

नया बर्षको दिनमा नया कामको थालनी गर्नु भएकोमा कोरियामा रहेका नेपालीहरुले राजदुत तुम्बाहाम्फेको कदम सराहनीय ठानेको छ । भेटघाट कार्यक्रममा एनआरएनको पूर्व अध्यक्ष केपी सिटौला लगाएतको उपस्थिति थियो । नेपालमा रेल सम्भाव्यता अध्ययन र भ्रमणको लागि कोरियन टोलि सन् २०२५ को मे ११ तारेख नेपाल आउने भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);