आज पनि बजारबाट २० अर्ब झिक्दै राष्ट्र बैंक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८२, बिहीबार

आज पनि बजारबाट २० अर्ब झिक्दै राष्ट्र बैंक

चैत २७ बुधबार ।
वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि राष्ट्र बैंकले आज पनि बैंकबाट २० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै भएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ तान्न लागेको हो ।

अस्ति सोमवार मात्रै राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तानेको थियो ।अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत २१ दिनका लागि रकम तान्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले पछिल्लो केही दिनदेखि नियमित रूपमा बजारबाट पैसा तान्दै आएको छ ।निक्षेप सङ्कलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले बुधवार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);