काठमाण्डाैमा शिक्षकले गरे सिटी जुलुस प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८१, आइतबार

काठमाण्डाैमा शिक्षकले गरे सिटी जुलुस प्रदर्शन

चैत २४ आइतबार ।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् ।गएको बुधवारदेखि काठमाण्डौ केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाण्डौको माइतीघरमा सिठी जुलुस निकालेका हुन् । उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका छन् ।

शिक्षकहरूले हिजो सडकमा सुतेर विरोध जनाएका थिए ।नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);