नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले जनताको र राजनीतिक दलहरुको उदारतालाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।
समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न चेतावनी दिए । “नेपाली जनताको र नेपाली राजनीतिक दलको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगरियोस्,” प्रचण्डले भने ।
उनले ज्ञानेन्द्रले धेरै गल्ती गरेकाले त्यसको परिणाम भोगिरहेको बताए । “अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैनन् । खबरदार,” उनले भने ।