युद्धविराम सम्झौताको घोषणा भए पनि गाजामा इजरायली आक्रमण, २० जनाको ज्यान गयो | ईमाउण्टेन समाचार

Our Network

माघ ३ २०८१, बिहीबार

युद्धविराम सम्झौताको घोषणा भए पनि गाजामा इजरायली आक्रमण, २० जनाको ज्यान गयो

माघ १ मंगलबार
इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएपछि पनि निरन्तर आक्रमण भइरहेको छ ।आउने आइतवारदेखि पूर्ण युद्धविराम लागू गर्ने सम्झौता भए पनि इजरायलले हवाई आक्रमण गरिरहेको हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीले दाबी गरेको हो ।

युद्धविराम सम्झौताको घोषणापछि गाजामा खुशी साटासाट भइरहँदा आक्रमणले पनि तीव्रता पाएको बीबीसीले जनाएको छ ।एजेन्सीका अनुसार इजरायली हवाई आक्रमणमा २० जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

इजरायली सेनाले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।यसैबीच युद्धविराम सम्झौताको घोषणा भएपछि हमासले बन्धक बनाएकाहरूको रिहाइको माग गर्दै इजरायली नागरिकले सडकमा प्रदर्शन गरिरहेका छन् । इजरायल र हमासबीचको युद्धविराम सम्झौतालगत्तै इजरायलको तेल अभिभमा मानिसहरू सडकमा आएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);