हामी संघीयताप्रति अनुदार छौँ,महामन्त्री थापा | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

हामी संघीयताप्रति अनुदार छौँ,महामन्त्री थापा

२०८१,९,२३

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन्।

मंगलवार ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू विषयक अन्तरसंवादमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू सघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताए। उनले संघीयताप्रति अनुदार भएर विकासका काम हुन नसक्ने बताए।

महामन्त्री थापाले संघीयतासम्बन्धी बन्न नसकेका कानून बनेनन् भने सरकारबाट बाहिरिन्छु भन्ने कुरा नयाँ र क्षेत्रीय दलहरूले समेत भन्न नसकेको बताए। उनले सबैलाई सरकारमा बस्नका लागि शर्त नराखीकन अघि बढ्ने गरेको बताए। उनले शासन गर्ने ठाउँमा गइसकेपछि अधिकार मुठीमा लिने गरी सोच बनाइने गरेको बताए।

उनले भने, ‘हामी कोही पनि संघीयताप्रति उदार छैनौँ‚ एकदमै अनुदार छौँ। संघीय निजामती विधेकय र प्रहरी विधेयक पारित नहुने भए म सरकारबाट बाहिरिन्छु भनेर कसैले भनेको सुनेको छैन। कसैले भन्दैन। हामी प्रदेशहरू र सिंगो संघीय व्यवस्थालाई प्रभावकारी बनाउने भएनौँ।’

महामन्त्री थापाले नतिजा राम्रो नआएपछि सबैले प्रदेशलाई भारी बोकाउने गरेको बताए। प्रदेश र स्थानीय सरकारलाई दिने अधिकार दिनुपर्छ भनेर नै अहिलेको सरकारले काम गरिरहेको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);