विराटनगरलाई काठमाण्डौले एक विकेटले हरायो,काठमान्डुको प्लेअफ सम्भावना कायमै | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

विराटनगरलाई काठमाण्डौले एक विकेटले हरायो,काठमान्डुको प्लेअफ सम्भावना कायमै

मंसिर ३०, आइतबार

नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई ११७ रनमा अलआउट गरेको छ। विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य पछ्याएको काठमाण्डौले १८ ओभर एक बलमा नौ विकेट गुमाएर भेटायो ।काठमाण्डौका प्रतिक श्रेष्ठले सबैभन्दा धेरै ३९ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए ।

यस्तै अनिल खरेल, बसिर अहमद र क्रिस सोलले समान दुई विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले १९ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो । विराटनगरका लागि राजेश पुलामी मगरले सबैभन्दा धेरै २५ रन बनाए । काठमाण्डौका गेराल्र्ड इरासमसले तीन विकेट लिए ।

यस्तै दिपेश कँडेलले दुई विकेट लिए । शाहव आलम, करन केसी र डन डाउथवेटले समान एक विकेट लिए ।यो जीतसँगै काठमाण्डौले प्लेअफ सम्भावना कायमै राखेको छ । भोलि सोमवार कर्णाली र सुदूरपश्चिमबीचको खेलमा कर्णालीको फराकिलो हार भएमा काठमाण्डौले प्लेअफमा स्थान बनाउँनेछ ।

यसअघि लुम्बिनी लायन्स, विराटनगर, पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेका छन् ।आजको दोस्रो खेलमा दिउँसो १ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । आठ टोलीमध्ये जनकपुर प्लेअफमा पुगिसकेको छ । शीर्ष चारमा पुग्न चितवन, काठमाण्डौ, सुदूरपश्चिम र कर्णाली गरी चारवटा टोलीबीच प्रतिस्पर्धा रहेको छ ।

Leave a Reply

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि