एनपिएलः रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

एनपिएलः रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

कप्तान रोहित पौडेलको अल राउण्ड प्रदर्शनमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित हात पारेको छ । पाँचौं खेलमा पहिलो जित निकालेको लुम्बिनीले प्ले अफमा पुग्ने झिनो आशालाई कायमै राखेको छ । जितको लागि १६८ रनको लक्ष्य पछ्याएको चितवन २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो । चितवन शुरूवातमा नै दबाबमा प¥यो । जब १६ रन मात्र बनाउँदा ३ विकेट गुमायो । विपिन रावल ५ रनमा आउट भए । यसपछि कप्तान रोहित पौडेलले सन्तोष कार्कीलाई १० रनमा र सोहेल तनवीरलाई १ रनमा पबिलियनको बाटो देखाइदिए ।

लुक बेन्केनस्टेन ३१ रनमा आउट भए । लगत्तै रोहितले रवि बोपरालाई विवेक यादवद्वारा क्याच आउट गरे । रोहितले यसपछि जान निकोललाई पनि मात्र ६ रनमा आउट गरे । यतिखेर चितवनले ६ विकेट गुमाउँदै ७९ रन मात्र बनाएको थियो । अमर राउटेला ६ रनमा र यसपछि कप्तान कुशल मल्ल पनि २० रनमा आउट भएसँगै चितवनको हार लगभग निश्चित भयो ।  यसपछि नर सार्कीले अविजित २२ र रिजन ढकालले अविजित १५ रन बनाएपनि चितवन १३४ रनमा समेटियो ।
बलिङमा रोहित पौडेलले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ४ विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । खराब शुरूवात गरेको लुम्बिनीले मात्र १ रन जोड्दा दुई ओपनर गुमायो । दोस्रो ओभरमा रिजन ढकालले ओपनर आशुतोष घिरोहियालाई १ रनमा र उन्मुक्त चन्द ० रनमा पबिलियनको बाटो देखाइदिए । शुरूवातमा नै दुई विकेट गुमाएर दबाबामा परेको लुम्बिनीले पावर प्लेमा २ विकेटको नोक्शानीमा ३३ रन मात्र बनायो । यसपछि अर्जुन साउद १५ रनमा र टम मोर्स १० रनमा आउट भए । यतिखेर लुम्बिनीले चार विकेटको नोक्शानीमा ४९ रन जोडेको थियो । संघर्ष गरेको लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सुझबुझपूर्ण ब्याटिङ गरे ।

रोहित र साद बिन जाफरले पाँचौं विकेटको लागि शतकीय साझेदारी गरे । उनीहरूले ११४ रनको साझेदारी गर्दा दुवैले अर्धशतकीय पारी खेले । रोहितले ४२ बलमा अर्धशतक पूरा गरे । उनले ५७ बलको सामना गर्दै ६ चौका र ५ छक्कासहित ८० रनको उत्कृष्ट पारी खेले । सादले ३५ बल खेलेर ४ चौका र १ छक्कासहित ५२ रन बनाए । बलिङमा रिजन ढकालले सर्वाधिक ३ विकेट लिए । पाँच खेलमा चितवनको यो दोस्रो हार हो । उसँग ६ अंक रहेको छ । पाँचौ खेलमा पहिलो जित निकालेको लुम्बिनीले अंकको खाता खोलेको छ । पाँच खेलबाट २ अंक जोड्दै लुम्बिनीले प्ले अफको झिनो संभावनालाई कायमै राखेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);