पोखरेलसहित एमालेका नेता आज चीन भ्रमणमा जाने | ईमाउण्टेन समाचार

Our Network

फागुन ११ २०८२, मंगलबार

पोखरेलसहित एमालेका नेता आज चीन भ्रमणमा जाने

२०८१,७,२७

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणअघि नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल मंगलबार बेइजिङ जान लागेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको टोलीले चिनिया कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। चिनिया कम्युनिष्ट पार्टीको निम्तोमा जान लागेको एमाले टोलीमा सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्य सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारी छन् ।

यस्तै प्रधानमन्त्रीकी स्वकीय सचिव रोशनी मेचे, विदेश विभाग सदस्य डा। दीपेन्द्र श्रेष्ठ, झापा गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने, मधेश प्रदेश कमिटी उपसचिव मोहम्मद कैश, प्रचार विभाग सदस्य दीपक ज्ञवाली, केन्द्रीय सल्लाहकार तारा बराल, नीति प्रतिष्ठानका सदस्य आशिष रेग्मी समेत भ्रमण टोलीमा छन्।

Leave a Reply

ताजा समाचार