भाद्र, १५ काठमाडौं ||
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पुस्तकालय ऐन आवश्यक भइसकेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा सत्रौं पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुस्तकालयलाई व्यवस्थित गर्न,राज्य र पुस्तकालय बीचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक भएको बताउनु भयो । उहाँले सरकारले अहिले पुस्तक नीति प्रारम्भिक मस्यौदा तयार पारिसकेको र त्यसलाई व्यवस्थित बनाउन अझै केही छलफल आवश्यक रहेको बताउनु भयो । उहाँले पुस्तकालय सम्बन्धी नीति, केही ऐन कानून र केही व्यवहारिक कुराहरु गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो । उहाँले नयाँ किसिमको पुस्तकालयको अवधारणामा सरकारले काम गरिरहेको पनि बताउनु भयो । उहाँले इ. लाइबेरीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री भट्टराईले पुस्तकालयमा लगाइएको लगानीको व्यवस्थित सदुपयोग गर्नका लागि पनि नीति नियमको आवश्यकता रहेको बताउनु भयो ।
पुस्तकालय ऐन आवश्यक भइसक्योः शिक्षामन्त्री भट्टराई
ताजा समाचार
‘आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गर्दैन
११ घन्टा अघि
राष्ट्रपति पौडेलले ट्रम्पलाई दिए बधाई
११ घन्टा अघि
जितपछि ट्रम्पको घोषणा अब कुनै युद्ध हुनेछैन
१४ घन्टा अघि
छठको दोस्रो दिन आज ‘खरना’
२१ घन्टा अघि