साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकताः सांसद शर्मा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८१, शनिबार

साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकताः सांसद शर्मा

भाद्र ९, २०८१ आइतबार

राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले साझा सोच, चिन्तन र राष्ट्रिय सहमति आजको आवश्यकता रहेको बताउनुभएको छ ।आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै क्षेत्रमा क्रान्तिकारी रुपान्तरण तथा सुधारवादी सोच र कदममा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय सहमति बेगर राष्ट्रलाई एक कदम पनि अघि बढाउन नसकिने उल्लेख गर्नुभयो ।

उहाँले आज विद्यार्थी संगठनहरु माथि ठूलो सवाल खडा भइरहेको बताउनु भयो । अध्यापकलाई धम्क्याउने, पिट्ने, कलेज बन्द गर्ने, विश्वविद्यालयमा हुलदंगा गर्ने अवस्था सिर्जना भएको भन्दै दुःख व्यक्त गर्नुभयो । सांसद शर्माले विद्यार्थी संगठन अहिलेको अवस्थामा पुग्नुको दोष राजनीतिक दलहरुलाई जाने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);