भाद्र ९, २०८१ आइतबार
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हिमताल फुट्नबाट जोगाउन सकिने बताउनुभएको छ ।आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सयमा नै ध्यान दिनसके हिमताललाई जोगाउन सकिने बताउनु भयो । उहाँले त्यसबाट हुनसक्ने जनताको रक्षा गर्नसकिने बताउनु भयो ।
उहाँले सोलुखुम्बुको थामेमा हिमताल फुटेसँगै आम नागरिकमा त्रास फैलिएको भन्दै अझै ६ वटा हिमताल फुट्ने क्रममा रहेको तर जोगाउन सकिने बताउनु भयो । उहाँले नेपालमा निर्माणको कारणले सडक दुर्घटना नभइ प्राकृतिक कारणले सडक दुर्घटना हुने गरेको बताउनु भयो ।