अर्थतन्त्र चलायमान बनाउने प्रयासगर्दै नेपाल राष्ट्र बैंंकले तयार पा¥यो मौद्रिक नीति | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८१, मंगलबार

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

तयार भइसकेको मौद्रिक नीति पास गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दैछ ।

राष्ट्र बैंकका अनुसार शुक्रबार नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको छ ।

तर, बोर्ड सदस्यहरूको राय बाझिएमा वा आफ्ना सुझाव राख्न केही समय मागेमा मौद्रिक नीति सार्वजनिक गर्ने मिति केही पर सर्नसक्ने छ । यद्यपि, आजै दिउँदो अर्को बैठक बोलाएर सुझाव लिने र त्यसपछि मौद्रित नीति सार्वजनिक गर्ने तयारी छ ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी हुनुहुन्छ ।

सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा. शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);