आजदेखि  ललितपुरमा  श्रमाधान रोजगार मेला | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८१, मंगलबार

आजदेखि  ललितपुरमा  श्रमाधान रोजगार मेला

काठमाडौं  जेठ २९ सरकारले वागमती प्रदेश स्तरको श्रमाधान रोजगार मेला लतिपुरको पाटनमा गर्ने भएको छ ।

सोमवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै वागमती प्रदेश स्तरको श्रमाधान मेला ललितपुरको पाटन संयुक्त क्याम्पसको भवनमा गर्ने जानकारी दिएको हो ।

सरकारले गत जेठ १७ गतेदेखि सातै प्रदेशमा श्रमाधान रोजगार मेला गरेको छ । सोमवार ६ प्रदेशमा मेला सम्पन्न गरी अन्तिम श्रमाधान रोजगार मेला वागमती प्रदेशमा गर्न लागेको हो ।

श्रमरोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उप–सचिव डम्बर सुनुवारले वागमती प्रदेशमा श्रमधान रोजगार मेला गरेर बिट मार्ने बताउनु भयो ।

उहाँले मेलामा श्रम रोजगारीको खोजीमा रहेका श्रमिकहरुले सन्तोष लिएर फर्कने विश्वास व्यक्त गनूृभयो ।

मेलामा ८० भन्दा बढी रोजगारदाताहरुको स्टल रहने बताइएको छ । ०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);