आज मे २९,१७ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा आरोहणको ७१ औँ वर्षगाँठ,विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव नारा | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८१, शनिबार

आज मे २९,१७ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा आरोहणको ७१ औँ वर्षगाँठ,विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव नारा

आज मे २९ अन्तराष्ट्रिय सगरमाथा दिवस, ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको दिन विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ ।

सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै सगरमाथा दिवस मनाउन निर्णय गरेपछि यो दिन विश्वव्यापि हुदै गएको छ ।

आज १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथा आरोहणको ७१ औँ वर्षगाँठ मनाइँदै छ  । यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा ः नेपालको पहिचान र गौरव भन्ने नारा तय गरेको छ ।

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका हुन् । त्यसपछि सुरुभएको विश्वमै सबैभन्दा अग्लो आठ हजार ८ सय ४८ मिटर भन्दा अग्लो हिमाल सगरमाथा अरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ ।

सगरमाथा आरोहणको सात दशक लामो यात्रामा सन् २०२२ सम्म सात हजार २२६ स्वदेशी तथा विदेशी पर्वतारोहीले सगरमाथा चढेर साहसिक विजय यात्रा पूरा गरिसकेका छन् । जसमध्ये ५१९ जना महिला रहेका छन । आरोहणका क्रममा तीन सयभन्दा बढीको निधन भएको छ ।

सगरमाथा आरोहणको इतिहासमा २०७२ मा महाभूकम्प र २०७७ मा कोरोना महामारीका कारण कुनै मानव पाइला सगरमाथा चुचुरोमा पुगेनन् ।

त्यस्तै २०७१ को वसन्त ऋतुमा हिमपहिरो गएका कारण आरोहण रोकिएको थियो । पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनियरिङ इन नेपाल, फ्याक्ट्स एन्ड फिगर–२०२३’ का अनुसार सन् २०२२ सम्म ३६ वटा विषयमा सगरमाथामा कीर्तिमान कायम गरिएको छ  ।

पछिल्लो पटक सगरमाथाको ३०औँ पटक आरोहणको विश्व कीर्तिमान कामिरिता शेर्पाको नाममा छ । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);