लामो समयदेखि बिनादर्ता र अनौपचारिक रूपमा सेवा सञ्चालन गरिरहेको इनड्राइभ अब भने उद्योगका रूपमा दर्ता | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८१, मंगलबार

लामो समयदेखि बिनादर्ता र अनौपचारिक रूपमा सेवा सञ्चालन गरिरहेको इनड्राइभ अब भने उद्योगका रूपमा दर्ता

लामो समयदेखि बिनादर्ता र अनौपचारिक रूपमा सेवा सञ्चालन गरिरहेको राइड हेलिङ प्लाटफर्म इनड्राइभ अब भने उद्योगका रूपमा दर्ता भएको छ ।

सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभले कानुनबमोजिम आफूलाई औपचारिक व्यवसायका रूपमा अघि सारेको हो ।

कुल लगानीका रूपमा ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै इनड्राइभ प्रतिस्पर्धात्मक राइड सेयरिङ व्यवसायमा सामेल भएको छ । प्यानमा दर्तालगायतका करसम्बन्धी प्रक्रिया पनि पूरा भइसकेकाले अब राइडरहरूबाट कमिसन उठाउन सुरु गरिएको इनड्राइभका एक प्रतिनिधिले बताउनुभयो । कति प्रतिशत कमिसन लिने भन्नेचाहिँ औपचारिक जानकारीमा आइसकेको छैन ।

कुल ४६ देशका ७४९ सहरमा २० करोड एप डाउनलोडमार्फत झन्डै एक अर्ब व्यक्तिलाई सेवा पु¥याएको दाबी गर्ने इनड्राइभले राइड सेयरिङसँगै कतिपय देशमा कुरियर, कार्गो र लामो दूरीका यातायात सेवासमेत प्रदान गर्दै आएको छ । नेपालमा राइड सेयरिङ उद्योगका रूपमा दर्ता गर्न लगभग एक वर्ष प्रयास गरेपछि इनड्राइभले अन्ततः आफ्नो अनौपचारिक सेवालाई कानुनी रूप दिएको हो ।
००००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);