विराट कोहलीले मैदानबाटै आफ्नो परिवारसँग भिडियो कल गरेपछि हंगामा | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

एजेन्सी,१३ चैत्र । आईपीएल २०२४ को छैटौं खेलमा सोमबार पञ्जाब किंग्स विरुद्धको खेलमा विराट कोहलीले उत्कृष्ट इनिङ खेले र प्लेयर अफ द म्याच घोषित भए। कोहलीले ४९ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै ७७ रन बनाए । खेलपछि कोहलीले बाबु हुने कर्तव्य पूरा गर्दै मैदानबाटै भिडियो कलमा परिवारका सदस्यसँग कुरा गरे ।

विराट कोहलीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा उनी श्रीमती अनुष्का शर्मा, छोरी वामिका र छोरा अकायसँग भिडियो कलमा कुरा गरिरहेको देखिन्छ । विराट कोहलीले आफू चारैतिरबाट क्यामेराले घेरिएको कुराको वास्ता गरेनन् र बच्चाहरूसँग आफ्नो हँसिलो शैलीमा कुरा गरिरहेको देखियो।

भिडियोमा केटाकेटीलाई मनोरञ्जन दिन विराट कोहलीले विभिन्न किसिमका अनुहारको हावभाव देखाएका थिए । यो क्षणको भिडियोले सामाजिक सञ्जालमा हलचल मच्चाएको छ । कोहलीको उत्कृष्ट इनिङ्सको आधारमा आरसीबीले पञ्जाबलाई ४ बल बाँकी रहँदा चार विकेटले पराजित गरेको थियो ।

एम चिन्नास्वामी रंगशालामा भएको खेलमा पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको थियो । जवाफमा आरसीबीले १९.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो। विराट कोहलीले ब्रोडकास्टर हर्ष भोगलेसँग ब्रेकको समयमा आफ्नो समय कसरी बिताए भन्ने बारे कुरा गरे । कोहलीले धेरै महिनापछि सामान्य जीवन बिताएको बताए । भारतीय क्रिकेटरले सडकमा हिँड्दा आफूलाई धेरै राहत महसुस भएको र कसैले चिन्न नसकेको र सेल्फी र अटोग्राफको कुनै माग नभएको बताए ।

विराट कोहलीका लागि हालको आईपीएल आगामी टी–२० विश्वकपको अडिसन जस्तै हो। पञ्जाबका बलरलाई ध्वस्त पार्दै ७७ रनको आँधीबेहरी इनिङ खेल्दा कोहली आफ्नो परीक्षामा उत्तीर्ण भएको देखियो । कोहली भारतीय टोलीका लागि महत्वपूर्ण खेलाडी हुन् र उनको प्रयास आफ्नो फर्मलाई कायम राख्ने र भविष्यमा भारतलाई टी–२० विश्वकप च्याम्पियन बनाउने छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);