सरकारमा सहभागी भएपनि रास्वपाको आसन फेरिएको हो, चरित्र फेरिएको छैन | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

सरकारमा सहभागी भएपनि रास्वपाको आसन फेरिएको हो, चरित्र फेरिएको छैन

काठमाडौं,२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारमा रहँदा पनि जनताका आवाज मर्न नदिने बताउनुभएको छ । बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफूहरुको आसन मात्रै फेरिएको र चरित्र पुरानै रहेको भन्दै उहाँले जनताका आवाज उठाउने कुरामा नै आफूहरु केन्द्रित हुने बताउनु भयो । उहाँले सदनमा क्यालेण्डर लागू भएको कुरा रास्वपाकै देन रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी हिजो प्रतिपक्षमा बस्दै गर्दा पनि हामीले जति खरा आवाज उठान गरेका थियौँ र जति विषयवस्तु उठाएका थियौँ । हामीले सदनमा क्यालेण्डर लागू गरौँ भन्दा उडाइन्थ्यो आज वास्तविकतामा परिणत भएको छ । प्रतिपक्षमा रहँदा जसरी जनताका आवाज उठाएका थियौँ, ति आवाजको महत्व जति रहेको थियो, आज सरकारमा रहँदा पनि हामीले त्यो पाटो भुलेका छैनौँ । त्यति नै सान्दर्भिकता छ । हामीले आसन बदलेका हौँ, चरित्र बदलेका छैनौँ ।’

उहाँले न्युनतम साझा कार्यक्रमअन्तर्गत नै रास्वपाको सरकारमा उपस्थिति रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);