काठमाडौं,२८ फागुन । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।
यस चाडमा नेपालमा सार्वजनिक विदा दिइन्छ । हरेकवर्ष फेब्रुअरी महिनामा ग्याल्बो ल्होसार मनाउने तयारीमा शेर्पा, तिब्बती तथा योल्मो समुदाय जुट्छ ।
तर यो वर्ष भने एक महिना अघि (माघ २७ गते) शेर्पा जातीले मनाएको बुझिएको छ । तर आज सरकारले सार्वजनिक बिदा दिएर शुभकामना दिएपछि शेर्पा समुदाय भने आश्चर्यमा परेको छ । शेर्पाको सस्कृतिलाई लिएर सम्बन्धित विज्ञसँग छलफल नै नगरी
सरकारले क्यालेन्डरमा बिदा दिएको भन्दै उनीहरुको आपत्ति छ ।