काठमाडौं, १३ माघ । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपालको जलबिद्युत क्षेत्रमा लगानी गर्न बिदेशी लगानी कर्तालाई आग्रह गरेकी छिन्।
उर्जा बिकास परिषदको आयोजनामा शनिवारदेखी राजधानीमा शुरु भएको नेपाल पावर इन्भेष्टमेन्ट समिटमा बोल्दै राष्ट्रपति भण्डारीले नेपालमा जलबिद्युतको क्षेत्रमा प्रचुर संभावना रहेको भन्दै बिदेशी लगानी कर्तालाइ नेपालमा लगानी गर्न आग्रह गर्नु गरेकी हुन् ।
१० वर्षमा नेपालमा ४० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने मुख्य लक्ष्यसहित आयोजित समिटमा विश्वका प्रतिष्ठित कम्पनीहरू र लगानीकर्ताहरूको सहभागिता रहेको छ ।
समिटमा ५ अर्बदेखि २० खर्बसम्मको प्रतिवद्धता आउने लक्ष्य रहेको आयोजकको भनाइ छ । समिटमा नेपालमा लगानीका लागि योग्य आयोजनाका प्रवद्र्धक र नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताबीच प्रत्यक्ष साक्षात्कार हुने जनाइएको छ ।
यसबारे विस्तृत रूपमा छलफल तथा लगानी जुटाउने योजनाबारे समेत कार्यक्रम हुनेछ । समिटमा विश्वका प्रतिष्ठित कम्पनीका लगानीकर्तासहित ५ सय कम्पनी सहभागी छन । उक्त समिट ३ दिन सम्म चल्नेछ ।