शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याउन गैरेको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

काठमाडौं,२९ माघ । नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरे सरकारले शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याउनुपर्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो टुंग्याएर समाजमा शान्ति स्थपना गर्नुपर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन ढिलाइ भइरहेको बताउनु भयो । उहाँले इमान्दार भएर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनसके समाजमा शान्ति स्थपना हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी कति गम्भीर छाँै, हाम्रो जिम्मेवारीप्रति भन्ने पनि सोच्नुपर्ने हुन्छ होला । यसै सन्दर्भमा पहिला हाम्रो ०६३÷०६४ को कुरा जति बेला सात राजनीतिक दलहरुले १२ बुँदे सहमति गरेर शान्ति प्रक्रिया टुंग्याउने काम गर्नुभयो । हाम्रो बीचमा गिरिजाप्रसाद कोईराला बाहेक त्यतिबेलाका सबै नेताहरु अहिले पनि हुनुहुन्छ । उहाँहरुले त्यो १२ बुँदे सहमति गर्दाका यति सजिलै यो व्यवस्था हामीले पाएका होइनौँ । त्यो भन्दा अघिको कहालीलाग्दो सम्झना गर्ने हो भने अहिले पनि हाम्रा शरीरमा काँडा उम्रिन्छ । हाम्रा सेना र बिद्रोही पक्षको बचिमा पहाडी क्षेत्रमा रही रहने जनता एकदिन सेना आउने, अर्को दिन माओवादी आउने । हाम्रा घरमा माओवादीले बन्दुक राख्ने, सेनाले भेट्टाउने । सेनाले लिएरु जाने, यस्तोसम्म भयो । आज त्यो अवस्थाबाट यहाँसम्म आउँदा धेरै कुराहरु अघि बढेका छन्, टुंगिएका छन् । कोही सेनामा छन्, कोही घर फर्किएका छन् । केही नपाउनेहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले टुंग्याउने भनिएको थियो, त्यो काम हामीले अहिलेसम्म गर्न सकेनौँ । जसले गर्दा न्याय हरायो, न्यायको अनुभुति भएन भनेर मानिसहरु आवाज उठाइरहेका छन् । यो काम हामीले छिटो भन्दा छिटो गर्नुपर्छ । गर्छु भनेको काम टुंग्याउनुपर्छ । हामी इमान्दार भएर टुंग्याउनुपर्छ । यो काम टुंग्याउन ढिलाइ भएको छ । शान्ति प्रक्रियाको बाँकी काम छिटो भन्दा छिटो सरकारले ल्याउनुपर्छ । समाजमा न्यायको स्थापना गर्नुपर्छ ।’

उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसक्दा नागरिकहरुले न्यायको अनुभुति गर्न नसकेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);